उठाइयो हात नभएको लिंगो
भक्तपुर। बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ। प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो यहाँं यसरी नै लिंगो उठाउने गरिन्छ।
यो लिगोलाई स्थानीय टोलबासीले उठाउने गरिन्छ। डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ। लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी हेर्न पुग्छन्। प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ। जात्रा २७ चैतदेखि सुरु भएको थियो ।
पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो। यो जात्रा हेर्न दसौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन्। भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment