एमाले अध्यक्ष ओली सर्लाही आउँदै

डिसी नेपाल
२ वैशाख २०७९ ११:३४
196
Shares

सर्लाही। नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन्। शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन्।

आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो।

सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *