पाँच दलीय गठबन्धन छाडेर दुई जिल्लाबाट बाहिरियो जसपा नेपाल

डिसी नेपाल
३ वैशाख २०७९ १३:१९
372
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।

शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो ।नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनवाट बाहिरिनु परेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् । बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जसपाले कैलालीमा भने गठबन्धन गरेर निर्वाचनमा जाने भएको छ ।

कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय लिइएको जिल्ला अध्यक्ष गयाप्रसाद चौधरीले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.