संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुन्छः आयुक्त भण्डारी

डिसी नेपाल
३ वैशाख २०७९ १९:०५
12
Shares

मकवानपुर । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । शनिबार हेटौँडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका हुन्।

उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुने कुरा प्रष्ट पारे । उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उल्लङ्घन नगर्न आग्रह गरे ।

निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रूपमा गरिरहेको जानकारी दिदै उनले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीलाई अभिमुखीकरण दिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.