आफ्ना पतिसँग अरू महिलाहरूलाई बलात्कार गर्न भन्ने यी महिला को हुन् ?
काठमाडौं । युक्रेनी सुरक्षा सेवाले एक अडियो जारी गरेको छ। उक्त फोन कलमार्फत एक रुसी सैनिकले युक्रेनी महिलालाई बलात्कार गर्न आफ्नी श्रीमतीसँग अनुमति मागेको दाबी गरिएको छ । जसलाई उनकी पत्नीले स्वीकार गरिन् । अब एक समाचार संस्थाले यी दुईको पहिचानबारे ठूलो दाबी गरेको छ ।
अमेरिकी सरकारको अनुदानबाट चल्ने रेडियो फ्री यूरोप/रेडियो लिबर्टीले उक्त व्यक्तिको आवाज २७ वर्षीय रोमन बाइकोव्स्कीको भएको दाबी गरेको छ। महिलाको आवाज उनको पत्नी ओल्गा बाइकोव्स्कीको हो।
युक्रेनी सुरक्षा सेवाले देशको खेरसन क्षेत्रबाट आएको कललाई ट्रेस गरेको थियो। यसमा एक महिलाले एक पुरुषलाई युक्रेनी महिलालाई बलात्कार गर्न अनुमति दिएको सुन्न सकिन्छ । त्यसपछि महिला हाँस्दै भनिन्- हो, म अनुमति दिन्छु।
समाचार संस्थाको रूसी सेवा र योजनाका रिपोर्टरहरूले संस्थाको युक्रेनी सेवासँग संयुक्त अनुसन्धान परियोजना सञ्चालन गरे। युक्रेनको सेक्युरिटी सर्भिसले आफ्नो स्रोतबाट फोनमा कुरा गरिरहेका दुवै जनाको फोन नम्बर निकालेको थियो । उनीहरु फोन नम्बर मार्फत रोमन र उनकी श्रीमतीको सामाजिक सञ्जालमा पुगेका थिए ।
रोमनकी आमा इरिना बायकोवस्कीले सामाजिक सञ्जालमा गरेको पोष्टबाट उनी रुसी सेनाको सदस्य भएको खुलासा भयो । पछि, आरएफई/आरएललाई रोमनले आफू रुसी सेनासँग आबद्ध भएको बताए। उनी क्राइमियन बन्दरगाह, सेभास्टोपोलमा तैनाथ थिए। तर, उनले उक्त फोनमा आफू नै भएको कुरा अस्वीकार गरे ।
ओल्गा बाइकोव्स्कीले पनि स्वीकार पति सेवास्टोपोलमा भएको स्वीकार गरिन् । आरएफई/आरएलले सम्पर्क गर्दा ओल्गाले रोमन घाइते भएको र अस्पतालमा उपचार भइरहेको बताइन् । त्यसपछि उनले कुनै प्रश्नको जवाफ दिएनन् ।
रिपोर्टमा रोमन र उनकी श्रीमतीको इन्कारको बाबजुद दुबैको आवाज फोन कलसँग मेल खाएको दाबी गरिएको छ। तर, अहिलेसम्म दुवैमाथि जबरजस्ती करणीको आरोप लागेको छैन र दुवैविरुद्ध कुनै मुद्दा पनि परेको छैन ।







डिसी नेपाल







Facebook Comment