नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं ।एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अफगानिस्तानसंग दुई मैत्रीपूर्ण तय भएको जनाएको हो । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ ।
छनोटको समूह ूएू मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।
यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
नेपाली टोलीः
गोलकिपरः किरण कुमार लिम्बू (कप्तान) , दीप कार्की, विशाल श्रेष्ठ
रक्षकस् अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी,
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ
No ads found for this position

डिसी नेपाल
Facebook Comment