आईपीएलः आज राजस्थान र कोलकत्ताबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज सोमबार हुने खेलमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल ७ः४५ बजे मुम्बईमा हुनेछ ।
राजस्थान आज चौंथो जित निकाल्ने योजनामा रहेको छ।यसअघि खेलेको ५ खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।कोलकत्ता पनि चौंथो जितको खोजीमा हुनेछ ।यसअघि कोलकत्ताले खेलेको ६ खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment