नवनियुक्त पाकिस्तानी प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेर के भने ?
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । यसमा उनले दुई देशबीचको अर्थपूर्ण सम्बन्धको प्रस्ताव राखेका छन् । मोदीले शाहबाज शरीफलाई पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेकोमा बधाई दिएका थिए। सोही क्रममा प्रधानमन्त्री मोदीले शरीफलाई दुई देशबीचको रचनात्मक सम्बन्धको बारेमा बताएका थिए । अहिले शरीफले प्रधानमन्त्री मोदीको बधाईको जवाफमा पत्र लेखेको बताइएको छ ।
अब प्रधानमन्त्री मोदीको बधाई सन्देशको जवाफमा सरिफले भनेका छन्, ‘पाकिस्तानले भारतसँग शान्तिपूर्ण र सहयोगी सम्बन्ध चाहन्छ । बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद ।’ उनले थप लेखेका छन्, ‘पाकिस्तान जम्मु–कश्मीरलगायत सबै मुद्दाको शान्तिपूर्ण समाधान चाहन्छ । आतंकवादसँग लड्न पाकिस्तानको बलिदान सबैलाई थाहा छ।’
शरीफले थप भनेका छन् ‘शान्ति सुरक्षित गरौँ र हाम्रा जनताको सामाजिक–आर्थिक विकासमा ध्यान केन्द्रित गरौँ ।’ यति मात्र होइन, मोदीलाई लेखेको पत्रमा पाकिस्तानका प्रधानमन्त्री सरिफले कश्मीरलगायत अन्य विवादित मुद्दाको समाधानको माग गरेको बताइएको छ । उनले लेखेका छन्, ‘पाकिस्तान भारतसँग शान्तिपूर्ण र सहयोगी सम्बन्धको पक्षमा छ ।’
अर्कोतर्फ भारतले पाकिस्तानसँग सधैं राम्रो सम्बन्ध चाहेको स्पष्ट गर्दै आएको छ । तर, भारतसँग राम्रो सम्बन्ध बनाउनुअघि पाकिस्तानले आतंकवाद र शत्रुतामुक्त वातावरण बनाउनु पर्नेमा भारतको जोड रहेको छ ।
सन् २०१९ देखि भारत र पाकिस्तानबीचको सम्बन्ध थप चिसिएको छ । २०१९ मा जम्मू कश्मीरको पुलवामामा सीआरपीएफको टोलीमाथि हमला भएको थियो। जसमा ४० सैनिक मारिएका थिए । त्यसपछि भारतले पाकिस्तानको बालाकोटमा रहेको जैश–ए–मोहम्मदको शिविरमा हवाई हमला गरेको थियो । यसपछि जब भारत सरकारले अगस्ट २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटायो र जम्मू कश्मीरलाई दुई केन्द्र शासित प्रदेश जम्मू कश्मीर र लद्दाखमा विभाजन गर्यो, दुई देशबीच सम्बन्ध झनै बिग्रियो ।
इमरान खानमाथि संसदमा पेस भएको अविश्वासको प्रस्ताव संसदबाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।







डिसी नेपाल







Facebook Comment