चीन र टर्कीप्रति किन आभार व्यक्त गरिरहेका छन् पाकिस्तानी प्रधानमन्त्री ?

डिसी नेपाल
५ वैशाख २०७९ १२:५९
84
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले चीन-पाकिस्तान आर्थिक करिडोरका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् । एक कार्यक्रममा शाहबाज सरिफले भने, ‘हामी राष्ट्रपति सी जिनपिङ र त्यहाँका जनताप्रति आभारी छौं कि उनीहरूले हामीलाई सीपीइसी उपहार दिएका छन्। यो पाकिस्तानका लागि गेम चेन्जर हो ।’

प्रधानमन्त्री शाहबाज सरिफले टर्की र त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि धन्यवाद दिए। उनले भने, ‘हामी टर्की र राष्ट्रपति एर्दोआनलाई पनि धन्यवाद दिन्छौं, जसले पाकिस्तानलाई सधैं समर्थन गरेका छन् । टर्कीका जनता चट्टान जस्तै पाकिस्तानको साथमा छन् । शान्तिको समयमा र समस्याको समयमा पनि।’ सन् २०१५ मा चीन–पाकिस्तान आर्थिक करिडोरको घोषणासँगै दुवै देशले यसलाई गेम चेन्जर भनेका छन् । तर, यो आयोजनाको जग सन् २००८ मा नै राखिएको थियो ।

चीन-पाकिस्तान इकोनोमिक करिडोर वा सीपीइसी चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत निर्माण भइरहेको व्यापारिक नेटवर्कको हिस्सा हो। सीपीइसी अन्तर्गत, पाकिस्तानमा धेरै पूर्वाधार परियोजनाहरू चलिरहेका छन्, जसमा चीनको ६२ बिलियन डलर लगानी छ। चीनले सीपीइसीलाई आफ्ना सबै बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण ठान्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *