स्वीडेनमा कुरान जलाएपछि इरान आक्रोशित, दियो कडा चेतावनी
काठमाडौं । स्वीडेनमा कुरान जलाएको घटनाप्रति इरानले कडा प्रतिक्रिया दिएको छ । इरानको विदेश मन्त्रालयले रमजानको पवित्र महिनामा कुरानको अपमान ईशनिन्दापूर्ण भएको भन्दै यसको आलोचना गरेको छ । परराष्ट्र मन्त्रालयले यो घटना घृणा फैलाउने र वाक स्वतन्त्रताको हननको उदाहरण भएको बताएको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खातिबजादेहले भने – ‘एक चरमपन्थी जातीय तत्वले पवित्र कुरान जलाउने घटना प्रहरीको अगाडि भएको हो ।’ उनले पवित्र रमजान महिनामा जानाजानी यस्ता अपमानजनक घटना बारम्बार दोहोरिँदा स्विडेनलगायत विश्वका अन्य भागमा रहेका मुस्लिम समुदायको भावनामा चोट पुगेको बताए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ताले सँगै बस्ने र धर्मबीच संवादमा विश्वास गर्ने विश्वभरका मानिसले यसको आलोचना गर्नुपर्ने बताए । उनले यसका लागि स्विडेनी सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् । उनले यस्ता घटना दोहोरिन नदिन दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए ।
स्वीडेनमा एक चरम दक्षिणपन्थी पार्टीले मुस्लिम बाहुल्य क्षेत्रमा कुरान जलाउने प्रयास गरेको छ। प्रहरीको उपस्थितिमा दक्षिणी सहर लिंकोपिङमा अति दक्षिणपन्थी नेता रासमुस पालुदानले कुरान जलाउने प्रयास गरेका थिए। त्यसपछि यस पार्टीका कार्यकर्ता र स्थानीयबीच झडपसमेत भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment