६६ करोड ७९ लाख क्रिप्टो कारोबार गरेको आरोपमा तीनजना पक्राउ

डिसी नेपाल
५ वैशाख २०७९ १८:४६
2.3k
Shares

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिपरित प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २२ बर्षिय अनुप मिश्र, २४ बर्षिय दिपेश थापा र २७ बर्षिय राहुल चचानरहेका छन्।

महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ। प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ।

पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ। प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ।

पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ।

अपराध महाशाखाले उनीहरुलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाईनको कारोबार गर्ने गरेको जनाएको छ। उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाईनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिएको छ।

उनीहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौं पठाईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *