मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
६ वैशाख २०७९ ८:५४
172
Shares

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ पैयाँ ४४ पैसा र बिक्री दर १५९ रुपैयाँ २२ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ७१ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९० रुपैयाँ १२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.