श्रीलंकाका राष्ट्रपतिले आफ्ना आफन्तहरूलाई मन्त्रिपरिषदबाट हटाए

डिसी नेपाल
६ वैशाख २०७९ ११:४७
56
Shares

काठमाडौं । श्रीलंकामा गम्भिर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजापाक्षेले सोमबार १७ जना मन्त्री सम्मिलित नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् । परिवारवादको आरोप लागेका राजापाक्षेले नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन् ।

गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबाया राजापाक्षेको राजीनामाको माग बढ्दै गएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका राष्ट्रपतिले सन् २०२० मा रासायनिक मलमाथि प्रतिबन्ध लगाउनु आफ्नो गलत निर्णय भएको स्वीकार गरे। जसका कारण मुलुकमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको छ ।

राजापाक्षेले आफ्नो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेज खोज्न ढिलो गरेको स्वीकार गरे। “आईएमएफमा नजानु गल्ती थियो,” उनले भने।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण मुलुकमा खाद्यान्न तथा इन्धनको अभाव भएको र मूल्य आकाशिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *