सिटिजन्स बैंकको ७ हजार ३९४.२१ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। सिटिजन्स बैंकले ७ हजार ३९४.२१ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकका संस्थापक सेयरधनी करुण सिंह ठकुरी मल्लको नाममा रहेको हजार ३९४.२१ कित्ता सेयर बिक्री खुल्ला गरेको हो।
बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। यस सेयरमा संस्थापक सेयरधनीले न्यूतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment