पढाइरहेका शिक्षकले कक्षाकोठामा अश्लील भिडियो बजाइदिएपछि…
काठमाडौं । एक हाईस्कूल शिक्षकले कक्षाको समयमा प्रोजेक्टरमा अश्लील भिडियो बजाइदिए । यो कुरा बाहिर आएपछि शिक्षकलाई बर्खास्त गरिएको छ । अहिले उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ । जसमा शिक्षकलाई एक वर्षको जेल सजाय हुन सक्छ ।
यो घटना अमेरिकाको टेक्सास प्रान्तको हो । ह्युस्टन क्षेत्रमा क्लेन कोलिन्स हाई स्कूल छ। ह्युस्टन क्रोनिकल अखबारको रिपोर्ट अनुसार स्कूलका शिक्षक केभिन वेलचेल आफ्नो ल्यापटपमा वयस्क भिडियो हेरिरहेका थिए। त्यही क्रममा गल्तीवश कक्षाको प्रोजेक्टरमा भिडियो प्ले हुन थाल्यो ।
जिल्ला प्रशासनका प्रवक्ता स्टिन अल्बर्टेले अखबारलाई भने- उक्त व्यक्तिलाई तुरुन्तै बर्खास्त गरिएको थियो र उनी अब जिल्ला प्रशासनसँग सम्बन्धित छैनन्। यस्तो व्यवहार प्रशासनले कदापि सहन गर्दैन ।
प्रवक्ताले थप भने– जागिरबाट बर्खास्त गर्नुका साथै केभिनलाई ‘बालबालिकालाई हानिकारक कुरा देखाएको’ भन्दै फौजदारी अभियोग पनि लगाइएको छ । जसमा एक वर्षसम्म कैद र ४ हजार डलरसम्म जरिवाना हुने व्यवस्था छ ।
तर, यस विषयमा अभिभावकको राय विभाजित देखिन्छ। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै एउटी आमाले यो एकदमै अनुचित र धेरै अव्यवसायिक भएको बताइन् । उही समयमा, केही मानिसहरूले केभिनलाई शिक्षकको रूपमा धेरै मन पराएका छन् । अहिले उनीहरुले उनलाई जागिरबाट हटाएकोमा दुःख व्यक्त गरेका छन् ।
एउटी आमाले भनिन्–उहाँ धेरै राम्रो शिक्षक हुनुहुन्थ्यो र हाम्रो बच्चा उहाँलाई धेरै मन पराउथ्यो । उहाँलाई यस्तो भएकोमा धेरै दुःख लागेको छ । यसैबीच, केभिनको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन।







डिसी नेपाल







Facebook Comment