काबुलमा स्कुलमा लगातार ३ पटक भीषण विष्फोट !
काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा मङ्गलबार तीनवटा विष्फोट भएको छ । काबुल नजिकैको अब्दुल रहिम शाहिद हाई स्कूलमा विस्फोट गराइएको थियो । यसमा कम्तीमा ६ जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको खबर छ । काबुल प्रहरीका अनुसार काबुलको शिया हजारा बहुल क्षेत्रमा विष्फोट भएको हो ।
अफगानिस्तानमा तालिबान शासन स्थापना भएपछि त्यहाँको अवस्था झन खराब छ । अफगानिस्तानमा खाने र पिउने लगायतका दैनिक आवश्यकताका लागि मानिसहरु घर-घर घुम्न बाध्य छन् । यी समस्याको बीचमा त्यहाँ विस्फोटका घटनाहरू पनि आइरहन्छन्।
यसअघि १४ नोभेम्बर २०२१ मा काबुलको शिया बहुल क्षेत्रमा विस्फोट भएको थियो। जसमा ६ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । तालिबानले कब्जा गरेपछि काबुल एयरपोर्ट नजिकै विस्फोट भएको थियो।
अफगानिस्तानमा हाल तालिवानको शासन छ । तालिबानले देश आफ्नो कब्जामा लिएपछि अफगानिस्तानको राजधानी काबुलको विमानस्थलनजिकै तीनवटा विष्फोट भएका थिए । यी विष्फोटमा १०० भन्दा बढीको ज्यान गएको थियो । १२० जनाभन्दा बढी घाइते भएका थिए ।
मृत्यु हुनेमा १३ अमेरिकी कमाण्डो पनि थिए । एउटा विष्फोट विमानस्थलको एबे गेटमा भएको थियो भने अर्को विष्फोट विमानस्थल नजिकैको ब्यारोन होटलमा भएको थियो । यो होटलमा बेलायती सैनिकहरु बसेका थिए ।







डिसी नेपाल







Facebook Comment