रूसी सेनामा भर्ती हुन इथियोपियामा रुसको दूतावासबाहिर सयौं युवाहरुको लाइन !
काठमाडौं । अफ्रिकी राष्ट्र इथियोपियाको राजधानी अदिस अबाबामा रहेको रुसी दूतावासबाहिर ठूलो भीड लागेको छ । ठूलो संख्यामा इथियोपियाली युवाहरू रुसी दूतावासबाहिर लाइनमा उभिएका छन्।
वास्तवमा, यो एउटा हल्लाका कारण भयो । यहाँ हल्ता थियो कि रूसले युक्रेनमा युद्धको लागि सैनिक भर्ती गरिरहेको छ।
तर, रुसी दूतावासकी प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा कुनै भर्ना नभएको स्पष्ट पारिन् । रुसलाई समर्थन जनाउन भीड जम्मा भएको उनले बताइन् ।

प्रवक्ताले बीबीसीलाई भनिन् – ‘रूसप्रति आफ्नो समर्थन व्यक्त गर्न ठूलो संख्यामा मानिसहरू पनि यहाँ आउँछन्। यीमध्ये धेरैले रुसलाई कुनै पनि हालतमा सहयोग गर्न चाहेको भनिरहेका छन् । तर हामी भर्ती गर्ने निकाय होइनौं।’
रुसी दूतावासबाहिर जम्मा भएका धेरै इथियोपियाली युवाहरू आफ्ना कागजपत्र लिएर त्यहाँ पुगेका थिए । दूतावासबाहिर पर्खिरहेका एक युवाले बीबीसीसँग बताएअनुसार उनलाई सिपाहीको रूपमा राम्रो तलब वा अन्य कुनै जागिर चाहिएको थियो। उनले रुस मन परेको पनि बताए ।
अरु कतिपयले रुसमा राम्रो तलब पाइन्छ भन्ने कुरा सुनेको बताए । युक्रेनमा रुसको आक्रमणलाई लिएर राष्ट्रसंघीय सम्मेलनमा मतदानको समयमा सत्रमा भाग नलिने देशहरूमध्ये इथियोपिया पनि परेको थियो। यस मतदानमा दक्षिण अफ्रिकासहित १७ अफ्रिकी देशले भाग लिएनन् ।







डिसी नेपाल







Facebook Comment