मुस्लिम देशहरूको संगठन ओआइसीले अल-अक्सा मस्जिदमा इजरायलको कारवाहीबारे के भन्यो ?

डिसी नेपाल
६ वैशाख २०७९ १६:२५
1.0k
Shares

काठमाडौं । इस्लामिक सहयोग संगठन (ओआईसी) का महासचिव एच ब्राहिम ताहाले अल अक्सा मस्जिद परिसरमा इजरायलको कारबाहीलाई आक्रमण भनेका छन्।

प्यालेस्टिनी विदेशमन्त्री डा रियाद अल मलिकीसँग कुरा गर्दै उनले ओआईसी प्यालेस्टाइनी जनताको साथमा रहेको र अल–कुद्स सहरमा उनीहरूको वैधानिक अधिकार र प्यालेस्टाइनको राजधानीको रूपमा उनीहरूको सार्वभौमसत्तालाई समर्थन गर्ने बताए।

प्यालेस्टाइनी विदेशमन्त्रीले ओआईसीका महासचिवलाई हिंसाका घटना र त्यहाँको गम्भीर अवस्थाबारे जानकारी गराएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *