अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ वैशाख २०७९ ८:५१
1.9k
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १२ पैसा र बिक्री दर १२२ रुपैयाँ ७२ पैसा कायम गरेको छ। मङ्गलबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ पैयाँ र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ५७ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९९ पैसा र बिक्री दर ९० रुपैयाँ ४३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.