श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आपतकालीन आर्थिक सहयोग माग्यो
काठमाडौं । अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आईएमएफसँग आपतकालीन आर्थिक सहायता मागेको छ । श्रीलंका सरकारको बेलआउट प्याकेजमा पनि वार्ता भइरहेको छ। तर, श्रीलंकालाई आर्थिक सहायता दिनुअघि आईएमएफले भारतसँग पनि कुरा गर्नेछ ।
श्रीलंकाका अर्थमन्त्री अली साबरी आईएमएफबाट आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टनमा उपस्थित छन्। श्रीलंकाको अर्थ मन्त्रालयले भन्यो, “देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आईएमएफले प्रशंसा गरेको छ।”
विगतमा श्रीलंकाले आफ्नो वैदेशिक ऋणमा एकपछि अर्को गर्दै धेरै डिफल्ट गरेको थियो । श्रीलंकाले गत मंगलबार घोषणा गर्यो कि उसले आफ्नो ५१ बिलियन डलर ऋणमा डिफल्ट गर्ने छ। श्रीलंकाको बाह्य ऋणको करिब ३६ प्रतिशत चीनको छ।
श्रीलंका स्वतन्त्र भएपछि सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। मुलुकमा खाद्यान्न, ग्यास, तेललगायत अत्यावश्यक वस्तुको अभाव र विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएका छन् । श्रीलंका सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। धेरै सांसदहरूले पनि राष्ट्रपति गोटाबाया राजापाक्षेको पक्ष छोडेका छन्।







डिसी नेपाल







Facebook Comment