रुसी हमला प्रतिकार गर्न अमेरिकाले दियो युक्रेनलाई लडाकु विमान

डिसी नेपाल
७ वैशाख २०७९ ११:०३
1.5k
Shares

न्युयोर्क। रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमान प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो। तर विमानको प्रकार र संख्या खुलाइएको छैन ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनसँग दुई साताअघिको तुलनामा अझै बढी ‘फिक्स्ड विङ फाइटर एयरक्राफ्ट’ भएको जनाएको छ। रुसी सेनासँग लड्न युक्रेनलाई थप सहयोग पठाउने युरोपले पनि घोषणा गरेको छ।

रुसले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभिन्न देशसँग युद्धविमान र थप हतियारको माग गर्दै आएका छन्।

रुसमाथि दबाब बढाउन खोजिरहेका राष्ट्रपति बाइडेनले क्यानडा, जापानसहित युरोपेली नेताहरूसँग छलफल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *