जो बाइडेन २०२४ मा फेरि राष्ट्रपति चुनाब लड्ने, प्रतिस्पर्धामा ट्रम्प नै हुने सम्भावना उच्च
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामाको अगाडि ठूलो घोषणा गरेका छन् । उनले ओबामालाई सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा आफू फेरि लड्न लागेको बताएका छन् । उनी फेरि राष्ट्रपतिको दौडमा सामेल हुन लागेका छन् ।
अमेरिकामा धेरैजसो राष्ट्रपतिहरू एक पटक भन्दा बढी राष्ट्रपतिको दौडको लागि प्रयास गर्छन्। बाराक ओबामा आफैं पनि दोस्रो पटक राष्ट्रपति बनेका हुन् । अमेरिकाको संविधानअनुसार १ जना व्यक्ति २ कार्यकालसम्म राष्ट्रपति हुन पाइन्छ । २ कार्यकाल लगातार हुनु जरूरी छैन ।
यस हिसाबले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि २०२४ को चुनाब लड्न पाउँछन् । उनले १ कार्यकाल मात्र पूरा गरेका छन् । २०२४ मा बाइडेनको अगाडि रिपब्लिकन पार्टीको उम्मेदवार ट्रम्प नै हुने सम्भावना छ किनकि अमेरिकी मिडियाका अनुसार रिपब्लिकन पार्टीमा ट्रम्पजत्तिको प्रभावशाली अर्को नेता भेटिएका छैनन र स्वों ट्रम्पले पनि आफू फेरि उम्मेदवार हुन सक्ने पटक पटक संकेत गरेका छन् ।
ट्रम्पले २०२० मा उम्मेदवारी दिएका थिए । त्यो बेला उनी बाइडेनसँग हारेका थिए। अहिले बाइडेनले दोस्रो कार्यकालको लागि चुनाब लड्ने घोषणा गरेका छन् र यो घोषणाले धेरै फरक पार्ने छैन। अमेरिकामा राष्ट्रपति चुनावको प्रक्रिया एकदमै फरक छ, त्यसैले यदि बाइडेनले फेरि राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्दैछन् भने उनले धेरै औपचारिकताहरू पूरा गर्नुपर्नेछ।
जो बाइडेन पहिले नै अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति हुन् त्यसैले यदि उनले २०२४ को चुनाव लडे भने उनको उमेर ८१ वर्ष हुनेछ जुन आफैमा एक नयाँ रेकर्ड हुनेछ। केही समयअघि राष्ट्रपति बाइडेनले आफू फेरि एकपटक डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न चाहन्छु भनेका थिए ।
जी ७ शिखर सम्मेलनमा भाग लिने क्रममा पत्रकारको प्रश्नमा बाइडेनले यस्तो अभिव्यक्ति दिएका थिए । बाइडेनले ट्रम्प जस्तो व्यक्तिलाई फेरि राष्ट्रपतिको कुर्सीमा देख्न नसक्ने बताउँदै यो पक्षले पनि आफूलाई सधैं राम्रो गर्न प्रेरित गर्ने बताएका थिए।







डिसी नेपाल







Facebook Comment