गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

डिसी नेपाल
७ वैशाख २०७९ १४:५२
36
Shares

काठमाडौं। गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन्।

१० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ। संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर दौड थप गरिएको छ।प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *