श्रीलंकाका राष्ट्रपति राजापाक्षेले भने – शान्तिपूर्ण विरोधको अधिकारमा बाधा पर्ने छैन
काठमाडौं । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शान्तिपूर्ण रूपमा विरोध गर्ने नागरिकको अधिकारमा बाधा नपर्ने बताएका छन् । उनले ट्वीट गर्दै रामबुकनामा भएको घटनाको श्रीलंका प्रहरीले निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान गर्ने बताए ।
उनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति राजापाक्षेले आन्दोलनका क्रममा हिंसा नगर्न सबै नागरिकलाई अपिल गरेका छन् ।
श्रीलंकामा अभूतपूर्व आर्थिक संकटको बीचमा त्यहाँका नागरिकहरूले धेरै ठाउँमा विरोध प्रदर्शन गरिरहेका छन्। मंगलबार पनि यस्तै प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको थियो ।
Sri Lankan citizens’ right to peacefully protest wont be hindered. @SL_PoliceMedia will carry out an impartial & transparent inquiry re the incident at Rambukkana which led to the tragedy for which I’m deeply saddened. I urge all citizens to refrain from violence as they protest.
— Gotabaya Rajapaksa (@GotabayaR) April 20, 2022
रिपोर्टका अनुसार श्रीलंकाको प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न गोली चलाउनुपरेको बताएको छ। देशमा जारी विरोध प्रदर्शनमा धेरै मानिसहरूले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन्।
तर अहिलेसम्म राष्ट्रपतिले राजीनामा दिएका छैनन् । यसबीचमा सम्पूर्ण मन्त्रिपरिषद्ले राजीनामा दिएका थिए । तर, अहिले त्यहाँ नयाँ मन्त्रिपरिषद्ले सपथ लिएको छ ।







डिसी नेपाल







Facebook Comment