आईपीएलमा दिल्लीको सहज जित

डिसी नेपाल
८ वैशाख २०७९ ७:५८
44
Shares

काठमाडौं। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ। ११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र ११५ रन बनाएकाे थियाे। पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए। दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए।

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित आठौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *