नेपाली सेनाको गणभित्र महिला सैनिकले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरिन्
काठमाडौं। शमशेर दल गणका एक महिला सिपाहीले गणभित्रै आफैले बोकेको राइफलले गोली हानेर आत्महत्या गरेकी छिन्।
बुधबार साँझ नेपाली सेनाको कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशी आफैंले बोकेको गोली लागेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान ३ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैहवास्थित मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
प्रहरीका अनुसार उनलाई उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआइदिएपछि भैरहवामै उपचार गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिपाही राजवंशीले ड्यूटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गोली हानेकी थिइन्। उनले किन आफैले गोली प्रहार गरेकी हुन भन्ने बारेमा केही नखुलेको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment