अमेरिकाले युक्रेनलाई थप सैन्य सहायता पठाउने, बाइडेनले युक्रेनी सेनाको प्रशंसा गरे
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाको बहादुरी देखेर आफू चकित भएको बताएका छन् । आफ्ना रक्षा सल्लाहकारहरूसँगको कुराकानीमा बाइडेनले भने, “मैले सोचेभन्दा युक्रेनी सेना बलियो र आफूमाथि गर्व गर्ने खालको छ।”
राष्ट्रपति बाइडेनले एक जुट भएको नेटोले राष्ट्रपति भ्लादिमिर पुटिनलाई चकित बनाएको बताएका छन् । उनले भने, “युक्रेनलाई हतियार र गोलाबारूदको आपूर्ति जारी छ। हामी विश्वमा साझेदारीको महत्त्व देखिरहेका छौं।”
गत साता ८० करोड डलर सहयोगको घोषणा गरेपछि अमेरिकाले युक्रेनलाई हतियारको अर्को खेप पठाउने भएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनमा युक्रेनलाई दिइने सैन्य सहायताको ढाँचा कस्तो हुनेछ भन्ने कुरा भनेकी छैनन्।
तर उनले युक्रेनी सरकार र सेनालाई पूर्ण सहयोग दिने भनेकी छन् जसले गर्दा उनीहरूले युद्धको मैदानमा प्रभावकारी रुससँग लड्न सक्छन्।







डिसी नेपाल







Facebook Comment