अवैध रूपमा कोइला उत्खनन् गर्दा खानीको जमिन भासियो, ५० भन्दा धेरै मजदुर पुरिए

डिसी नेपाल
८ वैशाख २०७९ १६:४५
144
Shares

काठमाडौं । झारखण्डको धनबादमा बिहीबार ठूलो दुर्घटना भएको छ । चिरकुण्ड प्रहरी चौकी इलाकाको डुमरीजोडमा रहेको बीसीसीएलको बन्द खानीमा अवैध उत्खननका कारण करिब ६० फिट कच्ची सडक भत्किएको छ । यहाँ ५० भन्दा बढी मानिस फसेको आशंका गरिएको छ । सबै मानिस पश्चिम बंगालको पुरुलियाका बासिन्दा हुन्।

धनबादका डेपुटी कमिश्नर सन्दीप सिंहले अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षति नभएको बताए। खानीतर्फ जाने कच्ची सडक भत्किएको छ । घटनास्थलमा प्रशासन र बीसीसीएलको टोली पुगेको छ । राहत र उद्धारका लागि एनडीआरएफ टोलीलाई घटनास्थलमा बोलाइएको छ। घटनास्थलमा भारी प्रहरी परिचालन गरिएको छ ।

स्रोतका अनुसार बिहीबार बिहान करिब ८ः३० बजे एक्कासी ६० फिट सडक भत्कियो । यो दुर्घटना हुँदा खानीमा १ सय २५ जनाभन्दा बढी मानिस रहेको मानिसहरुको भनाइ छ । तीमध्ये धेरैले भागेर आफ्नो ज्यान बचाए। दिनमा करिब २ ट्रक अवैध कोइला उत्खनन हुने गरेको स्थानीयको भनाइ छ । यो खानी विगत ६ वर्षदेखि बन्द छ ।

घटनाको खबर पाएलगत्तै चिरकुण्डका प्रहरी निरीक्षक कम स्टेशन इन्चार्ज जितेन्द्र कुमार घटनास्थल पुगेका छन् । उनले भने, ‘हामीले हरेक कोणबाट यस विषयमा अनुसन्धान गरिरहेका छौँ । यसअघि पनि अवैध उत्खननका कारण यो घटना भएको हो कि होइन भन्ने पनि प्रहरीले खोजी गरिरहेको छ । गत वर्ष पनि सडक भत्किएको खबर आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *