ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ: घनश्याम भूसाल

डिसी नेपाल
९ वैशाख २०७९ २१:११
252
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले स्थानीय तहको चुनावको छिनाझपटी र गाली—गलौजपूर्ण चहलपहल भन्दा माथि उठ्नु पर्ने बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर उनले मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरु भएको र ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट बन्ने उताएका छन् ।

उनले. पद र पैसाका पेशेवर खोजीकर्ता आफूहरु अहिले कम्युनिष्ट पार्टीमा एउटा कित्ता नै भएको उनले उल्लेख गरेका छन् । पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि आफूहरु पुराना पार्टीबाट क्रमशः यतातिर बसाईं सर्न थालेको उनको भनाइ छ ।

‘हामी आफ्नो उद्देश्यमा अरु सबैभन्दा स्पष्ट छौँ: जहिलेसम्म यो पार्टीले राज्यशक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौँ भन्ने कुरामा कसैले हामीमाथि शङ्का गर्नु व्यर्थ छ । कहिँ जान नपाएर हामी यहाँ आएका होइनौँ भन्ने कुरा पनि सबैलाई थाहा होस् । हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन् पार्टी यो मुलुकमा छन् । त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौँ’ उनले भनेका छन् ।

कम्युनिष्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतिहीन हैसियत बनाएका आफूहरु एमालेको निर्णायक कित्ता भएको उनको भनाइ छ ।

उनले आफूहरु कित्ता बिनाको अर्को कित्तामा पुर्‍याइएको उल्लेख गर्दै पछिल्लो समय पार्टीमा कुनै छलफल नहुने भन्दै असन्तुष्टि जनाएका छन् । ‘कित्ता बिनाको अर्को कित्तका हामी अनौठो अवस्थामा छौँ । हामी क्रान्तिकै पक्षमा दृढ छौँ । तर, आजको क्रान्तिको बाटो के हो ? कसरी अगाडि बढ्छ ? कसले गर्छ ? त्यसका चुनौति के हुन् ? त्यसका लागि अवसरहरु के के हुन्जस्ता अनेकौँ प्रश्नमा हामीलाई द्विविधा हुन्छ । किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन ।’

उनले जनवादी केन्द्रीयता हुनु पर्ने भए पनि ठूला गुटले सबै थोक गरिरहेको देख्दा आफूहरुको मन खिन्न हुने गरेको उनले उल्लेख गरेका छन् ।

‘हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ । तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ । तर हामीलाई जनवादी केन्द्रियताबारे सबैभन्दा बढि थाहा छ: बहुमतको निर्णय सबैले मान्नु पर्छ, माथिको निर्णय सबैले मान्नु पर्छ । फेरि, यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरु लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ । पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने हाम्रो कित्ता सबैभन्दा ठूलो छ’ उनले लेखका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.