एमाले मुगुले टुंगायो उम्मेदवारी

डिसी नेपाल
१० वैशाख २०७९ ६:३९
48
Shares

मुगु। नेकपा एमाले मुगुले उम्मेदवारी टुंगो लगाएको छ। ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले आफना उम्मेदवारहरु टुंगो लगाएको हो।

छाँयानाथ रारा नगरपालिकाको मेयरको लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश गरेको एमाले मुगुले जनाएको छ। पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो।

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही , खत्याड गाउँपालिका अध्यक्षमा लाल बहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.