दिल्लीलाई हराउँदै राजस्थान शीर्षस्थानमा

डिसी नेपाल
१० वैशाख २०७९ ७:२४
68
Shares

काठमाडौं। दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति जितको लागि २२३ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै २०७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए। रोभम्यान पावेलले ३६ रनको योगदान गरे।

राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए। रविचन्द्रन आश्विनले २ विकेट लिए। यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो।

राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए।

दिल्लीका खलिल अहमद र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए।

जितसंगै राजस्थानले सात खेलबाट ५ खेलमा जित सहित १० अंक बनाउदै शीर्ष स्थानमा छ । दिल्ली ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक बनाएर छैटौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *