सन्धिखर्क नगरपालिकाका मेयरसहित जनप्रतिनिधिले दिए राजीनामा

डिसी नेपाल
१० वैशाख २०७९ ८:१४
40
Shares

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन्।

नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन्। ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजीनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए।

नगरप्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.