वासिङ्टनमा गोली चल्दा ३ जना घाइते, आक्रमणकारी फरार

डिसी नेपाल
१० वैशाख २०७९ १०:२५
28
Shares

काठमाडौं । अमेरिकाको वासिङ्टन नजिकै रहेको क्षेत्रमा शुक्रबार एक व्यक्तिले स्वचालित हतियारबाट गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार गोलीबारी वासिङ्टन नजिकैको एभिन्यू-भ्यान नेसमा भएको थियो। घटनापछि उक्त क्षेत्रमा लकडाउनको जस्तै अवस्था छ र प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सारेको छ ।

सहायक प्रहरी प्रमुख स्टुअर्ट एमरम्यानले तीन जनालाई अस्पताल लगिएको बताए । तीमध्ये दुई वयस्क छन्, जसको अवस्था गम्भीर तर स्थिर छ, र एक नाबालिग बालिका, जसलाई सामान्य चोट लागेको छ।

इमरम्यानले भने कि प्रहरीले यस क्षेत्रका सबै भवनहरूमा संदिग्धको खोजी गरिरहेको छ। गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *