ओलम्पिक च्याम्पियनलाई ९ महिनाको प्रतिबन्ध

डिसी नेपाल
१० वैशाख २०७९ १०:३४
28
Shares

काठमाडौं । रुसका ओलम्पिक च्याम्पियन इभजेनी राइलोभलाई पौडी खेलको विश्व सञ्चालक निकाय फिनाले ९ महिनाको प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले गरेको आक्रमणको समर्थनमा निकालिएको र्‍यालीमा भाग लिएपछि इभगेनीविरुद्ध यो कारबाही गरिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा मस्कोको लुज्निकीमा यो र्‍याली आयोजना गरेका थिए। र्‍यालीमा भाग लिने खेलाडीमध्ये २५ वर्षीय राइलोभ पनि एक थिए। उनीहरु सबैले युद्धको समर्थनमा जेड अक्षर लेखिएको लुगा लगाएका थिए ।

गत समर टोकियो ओलम्पिकमा राइलोभले १०० मिटर र २०० मिटर प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। राइलोभमाथिका प्रतिबन्धहरू अप्रिल २० देखि लागू हुनेछ।

फिनाले भनेको छ कि उसले राइलोभलाई “फिना ले आयोजना गरिरहेको सबै प्रतियोगिता र गतिविधिहरु” मा प्रतिबन्ध लगाईरहेको छ।

यद्यपि, यस वर्षको अन्त्यसम्म सबै रूसी र बेलारूसी पौडी खेलाडीहरूलाई फिनाका कार्यक्रमहरूमा भाग लिन निषेध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *