काठमाडौं मेयरमा कांग्रेसको तर्फबाट सिर्जना सिंहको नाम सहमतिनजिक

डिसी नेपाल
१० वैशाख २०७९ ११:४२
552
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने लगभग सहमति भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको कांग्रेस शीर्ष नेतृत्वको बैठकले सिंहलाई अनुमोदन गरेलगत्तै उनी पाँच दलीय गठबन्धनवाट मेयरकी साझा उम्मेदवारसमेत हुनेछिन्।

पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । शुक्रवार साँझ बसेको बैठकले सिंहलाई अनुमोदन गर्ने बारेमा सहमति भईसकेको कांग्रेस नेताहरुले बताएका छन् ।

वालुवाटारमा जारी कांग्रेस शीर्ष नेतृत्वको बैठकले सहमति गरेपछि २ बजे बस्ने कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.