माओवादी केन्द्रले टुंगायो महानगर र उपमहानगरका उम्मेदवार

डिसी नेपाल
१० वैशाख २०७९ १९:०३
152
Shares

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)ले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीको भागबण्डामा परेको भरतपुर महानगरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ भने ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।

सो पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु रहेका छन् ।

महानगरमा मेयर र उपमेयर १र१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २ जना भागबण्डामा पाएको थियो ।

आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने समेत एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रले अरु प्रदेश र जिल्लामा आवश्यकता अनुसार चुनावी तालमेल गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.