सिटीको सानदार जित, टोटनहम रोकियो
काठमाडौं। फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ। घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए।
सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ।
लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो। आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्याे। अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले।
No ads found for this position

डिसी नेपाल
Facebook Comment