बेंगलोरविरुद्ध हैदराबादको सहज जित
काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्याे।
हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए। केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे।
यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउँदै ६८ रनमा समेटियो। बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए।
जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ। बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ।







डिसी नेपाल







Facebook Comment