फ्रेन्च लिगको उपाधि पीएसजीलाई

डिसी नेपाल
११ वैशाख २०७९ ७:४१
128
Shares

काठमाडौं। घरेलु मैदानमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ। शनिबार राति दोस्रो स्थानको मार्सेलीविरुद्ध १६ अंकको अग्रता बनाउँदै पीएसजीले चार खेल अघि नै दशौँ पटक फ्रेन्च लिग वानको उपाधि पक्कका गरेकाे हाे।

पीएसजीले सन् १९८६, १९९४, २०१३, २०१४, २०१५, २०१६, २०१८, २०१९, २०२० र २०२२ मा उपाधि जित्न सफल भएको छ। खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए। ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै १० खेलाडीमा सिमित लेन्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

बराबरीसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ । लेन्स ५४ अंक जोडेर सातौ स्थानमा छ। यसै सिजन बार्सिलोना छाडेर पेरिस झरेका लियोनल मेस्सी र सर्जियो रामोसको यो पहिलो फ्रेन्च लिग उपाधि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *