‘सी’ डिभिजन लिगको पहिलो चरणमा २५ गोल

डिसी नेपाल
११ वैशाख २०७९ १२:५६
48
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच विवादसँगै निर्धारित समयभन्दा ढिला भएको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल सकिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार बिहान एक खेल भएसँगै पहिलो चरणमा सबै टिमले एक एक खेल पूरा गरेका हुन्। सहभागी क्लबले तयारी खर्च समयमै नपाएपछि लिग एक हप्ता ढिला सुरु भएको हो। एन्फाले एक हप्ताभित्र तयारी खर्च उपलब्ध गराउने भएसँगै सहभागी क्लब लिग खेल्न राजी भएका थिए।

शुक्रबारबाट सुरु भएको लिगको पहिलो चरणमा सात खेल आयोजना भएका छन्। सातै खेलमा हारजितको नतिजा निस्किएको छ । एन्फाले आयोजना गर्ने तल्लो डिभिजन लिगमा ए र बी भन्दा तुलनात्मक रूपमा बढी गोलसमेत निस्किएको छ। पहिलो चरणमा २५ गोल भए।

जारी सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लबबीचको खेलमा सर्वाधिक सात गोल भएका छन् । यस्तै एक गोल मात्रै निस्कने खेलमा आरसी ३२ फुटबल एकेडेमीले खालीवारीविरुद्ध निकालेको खेल रह्यो।

एन्फाले ए र बी डिभिजन लिगपछि सी डिभिजन लिग आयोजना गरेको हो। लिगका शीर्ष दुई क्लब बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब सी डिभिजन छनोटमा घटुवा हुनेछन्।

पहिलो चरणका खेल र नतिजाः
स्पोर्टस् एकेडेमी सांगा १–२ महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी १–० खालीवारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब ०–१ प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाइटेड क्लब ४–० वीरगञ्ज युथ एकेडेमी
ओसिस क्लब ०–३ सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब ४–३ स्वयम्भू क्लब
समाज कल्याण खेलकुद केन्द्र २–४ झापा एफसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *