कास्कीका चारवटै पालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी

डिसी नेपाल
११ वैशाख २०७९ १३:१६

पोखरा। सत्ता गठबन्धनअन्तर्गत कास्कीका चारवटै गाउँपालिका अध्यक्ष कांग्रेसले पाउने भएको छ।

आइतबार बसेको सत्ता गठबन्धन बैठकले अध्यक्ष कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रकाे भागबन्डा मिलाएको हो । पोखरा महानगरपालिका भने एकीकृत समाजवादीले प्रमुख पाइसकेको छ। उपप्रमुखमा कांग्रेसको उम्मेद्वार हुनेछन्।

जिल्ला समन्वय समिति प्रमुखमा माओवादीले पाउने निर्णय भएको गठबन्धनमा सहभागी एक सदस्यले बताए। अब दलहरूले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछन्।

जनता समाजवादी पार्टी भने कास्कीमा गठबन्धनबाट लगभग बाहिरिएको छ। प्रदेश उपाध्यक्ष हेमबहादुर थापाले मित्रवत् प्रतिस्पर्धा गरेर जान लागेको बताए। वडाहरूको समेत भागबन्डा लगभग टुंगिएको छ। तर सार्वजनिक भने गरिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.