भरतपुरको मेयरमा कांग्रेसका पूर्वसांसद पौडेलले उम्मेदवारी दिने

डिसी नेपाल
११ वैशाख २०७९ १५:२३
4.4k
Shares

चितवन। नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् ।

उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् ।असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा यसअघि तालाबन्दी समेत गरेका थिए । स्वतन्त्र उमेदवारी घोषणा गर्ने कार्यक्रममा असन्तुष्ट कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र टेकप्रसाद गुरुङ भने सहभागी भएनन् ।

पूर्वसांसद पौडेलले महानगरको मेयरमा आकांक्षासमेत राखेका थिए । पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रिय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए ।

उनलाई कांग्रेस महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्व सांसद भिमबहादुर श्रेष्ठले समर्थन गरेका थिए । मेयर उम्मेदवार बनेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । उनले भोलि दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौविसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने बताए ।

महासमिति सदस्य खरलले असल र इमान्दार कार्यकर्ताले नेतृत्वको गलत निर्णयका विरुद्ध बोल्न सक्नुपर्ने बताइन् । कांग्रेस पार्टी बचाउनका लागि आफुलाई नेतृत्वले कारबाही गरेपनि गलत निर्णयलाई गलत नै भन्ने उनले प्रष्ट पारिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.