इन्टर मिलान शीर्ष स्थानमा फर्कियो
काठमाडौं। लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।
शनिबार साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो।
लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो। जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो। मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ।
नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ।
चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए।
जारी सिजन सिरी ‘’ए मा जिरौउडको यो नवौं गोल हो। इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्का गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment