एसियन गेम्सका लागि बक्सिङ खेलाडी छनोट मिति परिवर्तन
काठमाडौं। नेपाल बक्सिङ संघले चीनमा हुने १९औं एसियन गेम्सका लागि तय खुला छनोटको मिति परिवर्तन गरेको छ। यसअघि संघले १२-१५ वैशाखमा हुने भनेको छनोट १४-१७ वैशाखसम्म गर्ने निर्णय गरेको हो।
बक्सिङसंघले आफूसँग आवद्ध सम्पूर्ण जिल्ला संघलाई मिति परिवर्तनको पत्र समेत पठाएको छ। संघले छनोट भएका महिला खेलाडीलाई भने टर्कीको स्तानबुलम प्रशिक्षण गराउने भएको छ।
नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोटमा स्थान दिने प्रचलन भए पनि प्रतियोगिता ढिला हुँदा संघले त्यसअघि नै छनोट गरि खेलाडी नाम आयोजकलाई पठाउन लागेको हो।
संघले महिलातर्फ ४८ देखि ५१ केजीबाट दुई खेलाडी, ५४ देखि ५७ केजीबाट तीन, ५७ देखि ६० केजीमा तीन र ६४ देखि ६९ सम्मका चार खेलाडी छनोट हुने जनाएको छ।
यस्तै पुरुषतर्फ ४९ देखि ५२ केजीसम्म चारजना, ५२ देखि ५७ केजीसम्म चार, ५७ देखि ६३ केजीसम्म चार र ६९ देखि ७५ केजीसम्म चारजना छनोट हुने बताएको छ।
संघले छनोटमा सहभागी हुने खेलाडीले आफ्नो व्यवस्था आफैंले गर्नुपर्ने आठौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका खेलाडीलाई प्राथमिकता दिने बताएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment