आईपीएल : चेन्नई पन्जाबसँग पराजित

डिसी नेपाल
१३ वैशाख २०७९ ६:४८
40
Shares

काठमाडौं चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ। मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो।

चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए। रुतुराज गायकवाडले ३० रनको योगदान गरे। पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थियाे।

पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए। यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे। चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए। प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *