तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नूः रुसी विदेशमन्त्री
मस्काे। रुसले तेस्रो विश्व युद्धको वास्तविक खतरा रहेको चेतावनी दिएकाे छ। अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका छन्।
विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वकाे सरकारले वार्ताको नाटक गरेको आरोप लगाए। उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए। लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ। यो वास्तविक हो। यसलाई नजरअन्दाज गर्न मिल्दैन।’
वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ। ’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो। भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment