रोहित शर्माले मुम्बइको कप्तानी छोड्दै ? यी ९ कप्तानले पनि राजीनामा दिनु परेको थियो

डिसी नेपाल
१३ वैशाख २०७९ १४:३७
3.8k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को चालू सिजनमा मुम्बई इन्डियन्सको प्रदर्शन निकै निराशाजनक रहेको छ र उसले आफ्ना ८ खेलमा हार बेहोरेको छ । यो खराब प्रदर्शनपछि रोहित शर्माले मुम्बई इन्डियन्सको कप्तानी छोड्ने अड्कलबाजी तीव्र भएको छ । यदि रोहितले मुम्बईको कप्तानी छोडे भने उनी आईपीएलको बीचमा कप्तानी गुमाउने पहिलो व्यक्ति हुनेछैनन्। यसअघि पनि आईपीएलको बीचमा धेरै खेलाडीले कप्तानी छाड्नुपरेको थियो ।

१. केभिन पिटरसन: सन् २००९ मा रोयल च्यालेन्जर्स बैगलोरले केभिन पिटरसनबाट कप्तानी खोसेर अनुभवी बलर अनिल कुम्बलेलाई दियो। उनको कप्तानीमा, कुम्बलेले आरसीबीलाई फाइनलमा पुर्‍याएका थिए, जहाँ उनीहरूले डेक्कन चार्जर्ससँग हार बेहोरेका थिए।

२. कुमार संगकारा: सन् २०१२ मा डेक्कन चार्जर्स टिम व्यवस्थापनले कुमार संगकाराबाट कप्तानी खोसेर अस्ट्रेलियाका खेलाडी क्यामरुन ह्वाइटलाई कप्तान बनाएको थियो। डेक्कन चार्जर्स अब आईपीएलको हिस्सा छैन।

३. डेनियल भेट्टोरी: आईपीएल २०१२ को समयमा किवी स्पिनर डेनियल भेट्टोरीले आरसीबीको कप्तानी छोडे। यसपछि फ्रेन्चाइजले विराट कोहलीलाई कप्तान बनाएको थियो । त्यो सिजन आरसीबी पाँचौं स्थानमा थियो।

४. रिकी पोन्टिङ: २०१३ को मध्य सिजनमा मुम्बई इन्डियन्सले रोहित शर्मालाई रिकी पोन्टिङको स्थानमा कप्तान बनाएको थियो। त्यसपछि रोहितको कप्तानीमा मुम्बई इन्डियन्सले त्यही सिजनसहित ५ आईपीएल उपाधि जितेको थियो ।

५. एडम गिलक्रिस्ट: अष्ट्रेलियाका दिग्गज एडम गिलक्रिस्टले २०१३ सिजनको बीचमा किंग्स इलेभेन पञ्जाबको कप्तानी छोडे। त्यसपछि डेभिड हसीलाई टोलीको कप्तान बनाएको थियो ।

६. गौतम गंभीर: आफ्नो कप्तानीमा, गम्भीरले कोलकाता नाइट राइडर्सलाई दुई पटक आईपीएल च्याम्पियन बनाए। गम्भीरले २०१८ मा दिल्ली क्यापिटल्सको कप्तानी पाएपछि उनले टोलीलाई सफलता दिलाउन सकेनन् । जसका कारण गम्भीरले सिजनको बीचमा टोलीको कप्तानी छोडेपछि श्रेयस अय्यर टोलीको कप्तान बनेका थिए ।

७. अजिंक्य रहाणे: २०१९ सिजनको मध्यमा राजस्थान रोयल्सले अजिंक्य रहाणेको स्थानमा स्टिभ स्मिथलाई टोलीको कप्तान बनाएको थियो। स्मिथले पनि कप्तानीमा खासै केही गर्न सकेनन् र त्यो सिजन राजस्थान सातौं नम्बरमा थियो।

८. दिनेश कार्तिक: आइपिएलको चालू सिजनमा धमाकेदार प्रदर्शन गरिरहेका दिनेश कार्तिकले २०२० मा कोलकाता नाइट राइडर्सको कप्तानी छोडेका थिए। त्यसपछि केकेआरले इयोन मोर्गनलाई टिमको कप्तान बनाएको थियो ।

९. डेभिड वार्नर: आईपीएल २०२१ को बीचमा सनराइजर्स हैदरावादले डेभिड वार्नरको स्थानमा केन विलियम्सनलाई नयाँ कप्तान नियुक्त गर्यो। विलियम्सनले पनि कप्तानीमा कुनै चमत्कार गर्न सकेनन् र टोली अन्तिममा रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *