संसारकै सबैभन्दा धनी एलन मस्क घरबारविहीन !
काठमाडौं । एलन मस्क विश्वकै धनी व्यक्ति हुन् र हालै उनले सामाजिक सञ्जाल कम्पनी ट्विटरलाई ४४ अर्ब डलरमा किनेका छन् । तर के तपाई पत्याउन सक्नुहुन्छ कि संसारकै धनी व्यक्ति भएर पनि उनी घरबारविहीन छन् ? यो साँचो हो । उनीसँग आफ्नो घर छैन । मस्क अहिले आफ्नो साथीको घरमा बसिरहेका छन् ।
मस्कले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘अहिले मेरो आफ्नै घर छैन । म वास्तवमा साथीहरूको घरमा बस्छु।’ उनले भनेका थिए उनी सहरमा काममा हुँदा टेस्लाको मुख्यालय नजिकै सान फ्रान्सिस्कोको बे एरियामा साथीहरूसँग बस्छन्। “यदि म बे एरियामा गएँ भने, जहाँ धेरैजसो टेस्ला इन्जिनियरहरू बस्छन्, म मूलतः एक साथीको खाली बेडरूमबाट अर्कोकोमा आवत जावत गरिरहन्छु” उनले भने।
मस्कले आफूसँग याट आदि नभएको पनि बताए, जुन प्रायः अर्बपतिको पहिलो रोजाइ हुने गर्छ । उनले आफुले बिदा नलिने पनि दाबी गरे । उनले भनेका थिए, ‘मसँग अपवादको रूपमा एउटा मात्र विमान छ। यसको कारण यो हो कि यदि मैले विमान प्रयोग नगरे मसँग काम गर्न कम समय हुनेछ। यसबाहेक मेरो अरु धेरै खर्च छैन । यदि मैले हरेक वर्ष अर्बौं डलर आफैंमा खर्च गरेको भए त्यो चिन्ताको विषय हुन्थ्यो मेरो हकमा त्यस्तो छैन ।
मस्कले मे २०२० मा एक ट्वीटमा आफ्ना सबै चीजहरू बेच्ने आफ्नो मनसाय व्यक्त गरेका थिए र आफूलाई कुनै घर नचाहिएको बताएका थिए। गुगलका सह-संस्थापक ल्यारी पेजले एक पटक २०१५ मा भनेका थिए कि जब मस्क सिलिकन भ्यालीमा हुन्छन्, उनलाई मेल पठाउँछन् र भन्छन् ‘मलाई थाहा छैन आज राती कहाँ बस्ने हो। म आउन सक्छु?’ गत वर्ष पनि खबर आएको थियो कि मस्क ५०,००० डलरको सानो घरमा बस्छन्, जुन उनले स्पेसएक्सबाट भाडामा लिएका थिए।
यद्यपि एक समयमा एलोन मस्कसँग क्यालिफोर्नियामा मात्र ७ वटा विलासी घरहरू थिए। नगदको अभावमा उनले पहिलो पटक क्यालिफोर्नियाको घर ४ मिलियन डलरमा बेचे । त्यसपछि उनले लस एन्जलसमा अन्य चारवटा घरहरू ७० मिलियन डलरमा बेचे। बिस्तारै, मस्कले सबै सात घर बेचे। फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार, एलन मस्कको कुल सम्पत्ति हाल २६९ बिलियन डलर छ।







डिसी नेपाल







Facebook Comment