कराँची विस्फोटमा चिनियाँ नागरिक मारिएपछि प्रधानमन्त्रीले के भने ?
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले कराँचीमा भएको विष्फोटलाई आतंकवादी कार्य भनेका छन् । उनले दोषीलाई उन्मुक्ति नदिने बताए । कराँची विश्वविद्यालयमा भएको विष्फोटमा परी चार जनाको ज्यान गएको थियो, जसमध्ये तीन चिनियाँ नागरिक थिए। मृत्यु हुनेमा कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक र दुई शिक्षक रहेका छन् । विष्फोटमा एक चालकको मृत्यु भएको छ ।
I am deeply grieved on the loss of precious lives including of our Chinese friends in the heinous attack in Karachi today. My heartfelt condolences go to the bereaved families. I strongly condemn this cowardly act of terrorism. The perpetrators will surely be brought to justice.
— Shehbaz Sharif (@CMShehbaz) April 26, 2022
शाहबाज शरीफले ट्विट गर्दै लेखेका छन्, ‘कराचीमा भएको घटनामा हाम्रा चिनियाँ साथीहरूसहित बहुमूल्य ज्यान गुमाउनु पर्दा म गहिरो दुःखी छु । मृतकका परिवारजनमा मेरो हार्दिक समवेदना। म आतंकवादको यो कायरतापूर्ण कार्यको घोर भर्त्सना गर्दछु। दोषीलाई पक्कै कारबाही हुन्छ ।’







डिसी नेपाल







Facebook Comment