संयुक्त राष्ट्रसंघले भन्यो– मारिउपोलमा फसेका मानिसको उद्धार गर्न हामी तयार छौं
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनको मारियुपोलमा फसेका मानिसहरूको उद्धार गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्तापछि मारियुपोलमा संयुक्त राष्ट्रसंघको तयारीको विवरण दिँदै उनले त्यहाँ हजारौं मानिसलाई मानवीय सहायता आवश्यक रहेको बताए । उनीहरूलाई मद्दत गर्नका लागि संयुक्त राष्ट्रसंघ आफ्ना जनशक्ति र उपकरणसहित तयार भएको उनले बताए ।
संयुक्त राष्ट्रसंघले रेडक्रससँगको सहकार्यमा अजोभस्टल स्टिल प्लान्टमा शरण लिएका मानिसहरूलाई त्यहाँबाट बाहिर निस्कन मद्दत गर्न सक्ने बताए । यसअघि गुटेरेसले रुसविरुद्ध युद्ध अपराधको आरोपको छानबिन गर्नुपर्ने बताएका थिए ।
उनले यस्ता आरोपको स्वतन्त्र छानबिन हुनुपर्ने बताए ।
गुटेरेसले भने ‘हामीले रुसको गुनासो पनि सुनिरहेका छौं तर ती मामिलाहरू समाधान गर्न राष्ट्रसंघ उपस्थित छ।’ उनले भने, ‘जनताको जीवन बचाउनका लागि म शान्तिकर्मी भएर आएको हुँ । तिनीहरूका समस्याहरू हटोस्।”







डिसी नेपाल







Facebook Comment